Attitude को कुरा नगर कान्छी
तीनजाना चडेको देखेर ट्राफिकले रोक भन्दा चारजाना आट्दैन अर्कैमा आउनु भन्दै Accelerator बटार्ने मान्छे मै हु। |
|
नाइँ क्या !
तिमी जाऊ बरु । मलाई यहाँ काम छ, उनी फोनमा कुरा गर्दै कार्यालयको ढोकाबाट छिरिन् । ‘रिसाए रिसाऊ । काम छ भन्दैछु.................. ल भो–भो नाटक नगर । कति बजे पुग्नुपर्ने भन त ।’ ‘हुन्छ । अब बाई । फोन राख ।’ ‘अफिसमा छु । कसरी भनूँ ? रिस नउठाऊ न ।’उनी कुरा गर्दागर्दै आफू बस्ने कुर्सीमा आसीन भैसकेकी थिइन् । मलाई देखेर मुस्कुराइन् । मैले पनि उसैगरी जवाफ फर्काएँ । पर्स टेबुलमाथि राख्दै फोनको कुराकानी अन्त्य गर्न चाहिन्– ‘ल बाबा ल । आई लभ यु टु । अब त राख फोन ।’ उताबाट के जवाफ आयो कुन्नि, खिसिक्क हाँसेर भनिन्, ‘छि: रुमको भाइ छैन कि क्या हो ?........... नाइँ म सक्दिनँ । राख फोन, अब केही बोल्दिनँ । भेटेपछि मात्र...’ उनले फोन काटिन् । मलाई थाहा थियो, उनको ब्वाइफ्रेन्ड सन्दीप भन्नेको फोन हो । धन्न उनले कुराकानी अन्त्य गरिन् । उनले हिजो अफिसबाट हिँड्ने बेलामा राखेको रजिस्टर हराएपछिको तनाव थियो मलाई । ‘हिजोको मिटिङमा को को आ’का थे ? मैले त्यो रजिस्टर नै भेटिनँ’ सीधा सोधेँ । चम्किलो टाइट हाइ हिलमा निस्सासिएर मर्न लागेको पैताला झिक्दै दुखाइ कम गर्न पैताला घुमाउँदै भनिन्, ‘ए.. सरको ड्रयरमा राख्देको थेँ । मिटिङमा आउने सबैको इमेलमा डकुमेन्ट पठाउनुपर्ने थियो । पठाउनै भ्या’को छैन भाइ मैले त ।’ अफिसको फोनबाट साथीहरूलाई फोन गर्दै र फेसबुकमा च्याट गर्दै फुर्सद हुन्न, अझ ‘काम गर्न भ्या’को छैन’ रे । नाटकदेखि झनक्क रिस उठ्यो, तर अनुहारभावले दर्साउन चाहिनँ । ‘केही छैन । अहिले पठाइदेऊ न त । हिजै पठाउनुपर्ने आजसम्म नपठा’को थाहा भो भने त मार्छन् सरले ।’ यति भन्न पा’को छैन, फेरि बज्यो उनको मोबाइल । ‘तिमीबिनाको जीवन, सोच्नसम्म नि म सक्दिनँ.....’ कोबिना बाँच्न सक्दिनँ भन्या हो कुन्नि ? ६ महिनादेखि यही रिंगटोन छ, तर यो बीचमा ब्वाइफ्रेन्ड पनि दुइटा बदलिसक्नेले रिंगटोनचाहिँ कसरी एउटै राख्न सक्या होली ? मनमा प्रश्न आयो । ००० सुरुका महिनामा तीन–चार दिन ब्वाइफ्रेन्ड भनेर एउटा फुच्चेलाई ल्याएकी थिई अफिसमा । मसँग परिचय पनि गराएकी थिई । अफिस आउन थालेको दोस्रो महिना थाहा भयो, त्यो केटाले उनलाई ‘गर्लफ्रेन्डभन्दा पनि दिदीजस्ती देखिई’ भनेर ब्रेकअप गरेछ । खुब रोएकी थिई त्यो दिन |
|